ad ad

खेल


कोपा अमेरिका फाइनल अगाडि नेमारले मेस्सीलाई चुनौती दिँदै यसो भने...

कोपा अमेरिका फाइनल अगाडि नेमारले मेस्सीलाई चुनौती दिँदै यसो भने...

मेस्सी र नेमार


नेपालखबर
असार २६, २०७८ शनिबार १४:२७,

कोपा अमेरिका फाइनलको पर्खाइमा यतिबेला विश्वभरका फुटबल समर्थकहरु दुई पक्षमा उभिएका छन्।

कोहीले ब्राजिललाई समर्थन जनाइरहेका छन् भने कोही अर्जेन्टिनाको पक्षमा उभिएका छन्।

नेपाली समयअनुसार भोलि आइतबार बिहान ५ बजेर ४५ मिनेटमा कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलबीच उपाधिको लागि प्रतिस्पर्धा हुन लागेको हो।

यो खेल दुई उत्कृष्ट फुटबल खेल्ने देशबीच हुन लागेकाले सबैले यो खेललाई चासोका साथ हेरिरहेका छन्।

दुवै टोलीमा विश्वस्तरीय खेलाडीहरु छन्। यसबीचमा यस बहुप्रतिक्षित खेल अगाडि ब्राजिलका स्टार नेमार जुनियरले अर्जेन्टिनाका लियोनल मेस्सीलाई चुनौती दिँदै सन्देश पठाएका छन्।

नेमारले मेस्सी आफ्नो घनिष्ठ मित्र भएको बताएका छन्। उनले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको पनि स्वीकारेका छन्।

यद्यपी उनले आइतबार हुने खेलमा भने मेस्सी आफ्नो प्रतिद्वन्द्वी भएको र आफूले ब्राजिलको लागि पहिलो कोपा अमेरिका जित्न अर्जेन्टिनालाई हाराउनु पर्ने बताए।

‘मेस्सी मैले देखेको सबैभन्दा राम्रा खेलाडी हुन् र उनी मेरा एक महान साथी पनि हुन्, तर अब हामी फाइनलमा छौं, हामी प्रतिद्वन्द्वी हौं’ उनले भनेका छन्,‘म मेरो जीवनकै पहिलो कोपा अमेरिका जित्न चाहन्छु।’

‘मेस्सीले कयौं वर्षदेखि राष्ट्रिय टिमबाट पहिलो उपाधि प्रतिक्षा गरिरहेका छन्। जब हामी प्रतिस्पर्धामा थिएनौं मैले उसलाई समर्थन जनाए। सन् २०१४ को विश्वकपमा पनि म मेस्सीको साथमा थिए’ उनी भन्छन्,‘तर अहिले हामीबीच जस्तो सम्बन्ध र सम्मान भएता पनि उपाधि एक जनाले मात्र जित्छ।’

 ‘जब तपाइँ कसैसँग साथी बन्नुहुन्छ त्यो भुल्न गाह्रो हुन्छ तर जब हामी भिडिओगेम खेल्छौं हामी जित्न नै चाहन्छौं। आइतबार पनि त्यसै हुनेछ’ उनले भनेका छन्।

सन् २०१९ मा ब्राजिलले कोपा अमेरिका जित्दा नेमार घाइते भएका कारण टोलीमा थिएनन्। मेस्सीले तीनपटक कोपा अमेरिकाको फाइनल खेलिसक्दा पनि यो उपाधि उचाल्न सकेका छैनन्। मिरर को युके

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .