खेल


उपयुक्त समयमा कप्तानी छाडेको हुँः पारस खड्का

उपयुक्त समयमा कप्तानी छाडेको हुँः पारस खड्का

नेपालखबर
असोज २८, २०७६ मंगलबार ९:६,

आकस्मिक खड्काले राजीनमा दिएपछि यतिबेला यो चर्चाको विषय बनेको छ।

मंगलबार नै पारस खड्काले एक कार्यक्रमका बीच आफूले कप्तानी छाड्नुको कारण खुलाउँदै प्रतिक्रिया दिएका छन्।

खड्काले आफूले आकस्मिक कप्तानी नछाडेको बताएका छन्। उनले आफूले उपयुक्त समय आएकाले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएको बताएका हुन्।

खड्काका अनुसार क्यानले नयाँ अभिभावक पाएको छ, साथै सोमबारमात्र क्यानमाथिको निलम्बन फुकुवा भएको छ।

लामो समयदेखि क्यान निलम्बन फुकुवा होस् भन्ने चाहेको बताउँदै पासरले क्यानले नयाँ अभिभावक पाएका कारण पनि आफूलाई कप्तानीबाट पछि हट्नुपर्ने लागेको बताए।

पारसका अनुसार कप्तानी छाड्नु उनको व्यक्तिगत चाहना हो। सन् २००९ मा नेपाली क्रिकेट टोलीका कप्तान बनेका खड्काका अनुसार सबैकुरा नयाँ भएकाले कप्तान पनि नयाँ हुनुपर्ने धारणा राखे।

उनका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोली आफूले गर्दा अगाडि बढेको होइन्। खेलाडी, प्रशिक्षक र सरोकारवालाकै सहकार्यबाट नेपाल यो अवस्थामा आएको उनको धारणा रहेको छ।

उनले आफ्नो कप्तानीको दौरान नेपाली खेल समर्थक, खेलाडी तथा प्रशिक्षकबाट उल्लेखनीय सहयोग पाएकोमा भाग्यमानी महशुस गरेको बताए। उनले अब नेपालमा कप्तान जो बने पनि जित नेपालको हुनुपर्ने बताउँदै सरोकारवालाले क्रिकेटलाई सहयोग गर्नुपर्ने बताए।

उनले कप्तानी छाडेपनि क्रिकेट नछाडेको बताए। खड्काले आफूले अझै राष्ट्रिय टालीबाट खेल्ने बताए। उनले आफूले आगामी दिनमा टोलीमा परे सक्दो योगदान दिने बताउँदै अब नेपाली क्रिकेट टोलीको लक्ष टेस्ट स्टाटस मान्यता प्राप्त गर्नुरहेको बताए।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .