समाज


पूर्व-पश्चिम राजमार्गको सडक अतिक्रमण हटाइने

पूर्व-पश्चिम राजमार्गको सडक अतिक्रमण हटाइने

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १८:४२, कञ्चनपुर

पूर्व-पश्चिम राजमार्गअन्तर्गत चिसापानी-अत्तरिया-गड्डाचौकी सडकखण्डमा भएको सडक अतिक्रमण हटाइने भएको छ। 

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले सूचना प्रकाशित गरी राजमार्गमा भएको अतिक्रमण हटाउन लागेको जनाएको छ। सडकको केन्द्रबाट २५-२५ मिटर दायाँ-बायाँ रहेका संरचना खाली गर्न सडक डिभिजनले १५ दिने सूचना जारी गरेको हो। 

सडक सीमाभित्र सडक विभागको स्वीकृतिविना स्थायी तथा अस्थायी घरटहरा निर्माण, निर्माण सामग्री भण्डारण, मालबस्तु बिक्री गर्न राख्ने, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानी सडक किनारको नालामा मिलाउने लगायत यातायात सञ्चालन तथा सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न पाइँदैन। 

सडक ऐन, २०३१ बमोजिम निषेधित सडक सीमाभित्र निर्माण गरिएका यस्ता स्थायी तथा अस्थायी टहरा र संरचना हटाउन सडक डिभिजन कार्यालयले १५ दिनको समय तोकेका हो।

तोकिएको समयभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाइए कार्यालयले बल प्रयोग गरेर हटाउने र सो बापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने सडक डिभिजन कार्यालयको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad