समाज


२ मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु, २ घाइते

२ मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु, २ घाइते

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ७:२१, कञ्चनपुर

कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शुक्लाफाटा नगरपालिका-८ स्थित भित्रि सडक खण्डमा म.२ प ५०५५ नम्बरको मोटरसाइकल र से.६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा से.६ प ५९१३ नम्बरको मोटरसाइकल चालक  शुक्लाफाटा नगरपालिका-८ पारीफाटाका  ४५ वर्षीय मिन बहादुर जागरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उपचारको क्रममा बुधबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय मंगल महरा र म‍.२ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका-८ पारीफाटाका ४२ वर्षीय  कम्मान सिह ठगुन्ना घाइते भएका छन्।

उनीहरूको  मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad