समाज


मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते

मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ७:०, कञ्चनपुर

गएराति बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार बुधबार राति ११ बजेतिर मेलौली नगरपालिका–७ सुवाखानमा जिप अनियन्त्रित भएर दुर्घटना भएको हो। 

दुर्घटनामा परेर घाइते मेलौली नगरपालिका–२ की २४ वर्षीया तुलसी पाण्डेयको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा जिप चालक दशरथचन्द नगरपालिका–७ का ३२ वर्षीय जनक बडूसहित ४ जना घाइते भएका छन्। 

घाइते हुनेमा मेलौली नगरपालिका–२ का ६५ वर्षीय डम्बर पाण्डेय, २८ वर्षीय ओम पाण्डेय र ३४ वर्षीय हरी पाण्डेय छन्। 

सुल्लेखानबाट मेलौलीतर्फ गइरहेको से १ ज ७३२ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको हो। जिपमा शिवनाथ मेला अवलोकन गरेर फर्किरहेका यात्रु सवार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad