समाज


१८ वर्षीया युवती आफ्नै कोठामा मृत भेटिएपछि पक्राउ परे २४ वर्षीय पति

५ महिनाअघि मात्रै उनीहरूले प्रेम विवाह गरेका थिए
१८ वर्षीया युवती आफ्नै कोठामा मृत भेटिएपछि पक्राउ परे २४ वर्षीय पति

नेपालखबर
साउन १९, २०८२ सोमबार ११:२१, काठमाडौँ

कञ्चनपुरमा १८ वर्षीया युवती मृत फेला परेकी छन्। उनको हत्या भएको आशंका माइती पक्षले गरेका छन्। 

कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्ट आइतबार साँझ झुन्डिएको अवस्थामा घरमै मृत फेला परेकी हुन्। 

घटना अनुसन्धानका लागि उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराले जानकारी दिए। 

सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरीरमा घाउचोटसमेत देखिएको आरोप माइती पक्षको छ। डीएसपी बोहोराले पनि घटना शंकास्पद देखिएको बताए। 

‘मृतकको शरीरमा ठूलो बाहिरी चोट नदेखिए पनि नंग्य्राएका जस्ता चोटपटक देखिन्छ,’  डीएसपी बाेहाेराले नेपालखबरसँग भने,  ‘घटनाको विषयमा मृतक युवतीका पति पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ। उनका माइती पक्षलाई पनि प्रहरी कार्यालयमा बोलाएका छौँ।’ 

सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्। सम्झना र पवनबीच गत फागुनमा मात्रै प्रेम विवाह भएको थियो ।

विवाहपछि छोरीलाई ज्वाइँले मानसिक र शारीरिक यातना दिँदै आएको आरोपसमेत माइती पक्षको छ। 

मृतक किशोरी कक्षा १२ मा अध्ययनरत थिइन्। उनकाे शव पाेस्टमार्टमकाे लागि महाकाली अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad