समाज


सुई लगाउनासाथ ३५ वर्षीय युवकको मृत्यु, सुई लगाउने ल्याब असिस्टेन्ट फरार

छाती दुखेपछि आफैँले मोटरसाइकल चलाएर मेडिकल पुगेका थिए युवक
सुई लगाउनासाथ ३५ वर्षीय युवकको मृत्यु, सुई लगाउने ल्याब असिस्टेन्ट फरार

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ८:७, कञ्चनपुर

कैलालीमा उपचारका क्रममा सुई लगाउनासाथ एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपािलका–८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको मृत्यु भएको हो। 

इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारकाे क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले बताए।

शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफैँ मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए। त्यहाँ जाँच पश्चात् ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका–५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए।

सुई लगाएको केहीबेरमै शाहीले मेडिकलमै प्राण त्यागेका हुन्।

याे घटना लगत्तै सुई लगाउने चौधरी फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँमा रहेका मेडिकल सञ्चालक घटनापछि घर फर्किएका छन्। 

मृतक शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad