ad ad

समाज


अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, धेरैतिर सडक अवरुद्ध

पहिरोमा च्यापिएर डोटीमा दम्पती घाइते, खोलाले बालिकालाई बगायो
अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, धेरैतिर सडक अवरुद्ध

फाइल तस्बिर


गोकुल जोशी
भदौ २८, २०८१ शुक्रबार ११:११, कञ्चनपुर

बुधबार रातिदेखिको अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। सुदूरपश्चिमकार् पहाडी भेगमा पहिरोका कारण धेरैतिर सडक अवरुद्ध बनेको छ।

अविरल वर्षाले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा कतिपय बस्ती डुबानको जोखिममा छन्।

सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध बनेको प्रहरीले जनाएको छ। गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा पहिराले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भीमदत्त राजमार्ग अन्तगर्त अमरगढी नगरपालिका–५ र सोही पालिकाको वडा नम्बर ६ मा पर्ने भालुमारेमा पनि पहिरो खसेको छ। डडेल्धुरा डोटी जोड्ने केआई सिंह राजमार्ग अन्तगर्त गन्यापधुरा गाउँपालिका–१ रडुवामा पनि पहिरो सडक अवरुद्ध छ।

आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरोले बुडर जोगबूढा सडकखण्ड पूर्ण रुपमा बन्द छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिकामा पर्ने भीमदत्त राजमार्ग सडकको ६ ठाउँमा पहिरो खसेको छ। जसले यातायातका साधन चल्न सकेका छैनन्।

अझै पनि वर्षा नरोकिएको कारण  पहिरो खस्ने तथा तराईमा जल सतहले सतर्कता तह पार गरिरहेकोले सजगता अपनाउन आग्रह गरिएको छ।

श्रीमान–श्रीमती घाइते
डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएका छन्।

अविरल वर्षापछि गएराति सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको थियो। घाइतेमध्ये भागरथीको अवस्था गम्भीर रहेको छ। दुवै जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। 

यस्तै, डोटीको केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएकी छिन्। 

शुक्रबार बिहान स्थानीय वाइल बजारमा दुध पु¥याउन जाने क्रममा बालिकालाई खोलाले बगाएको थियो। अहिले स्थानीयको सहयोगमा प्रहरीले बालिकाको खोजी गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .