ad ad

समाज


भारतीय राजदूतले दार्चुला पुगेर गरे बन्दै गरेको महाकाली पुलको अनुगमन

भारतीय राजदूतले दार्चुला पुगेर गरे बन्दै गरेको महाकाली पुलको अनुगमन

नेपालखबर
भदौ २२, २०८१ शनिबार ५:५५, दार्चुला

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गरेका छन्। 

राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको शुक्रबार अनुगमन गरेका हुन्। 

त्यसक्रममा उनले निर्माण हुँदै गरेको पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने बताए। उनले निर्माण कार्य समयमै सक्न निर्देशन दिए। आगामी कात्तिक महिनाभित्र पुल निर्माण सम्पन्न गर्न राजदूत श्रीवास्तवले  निर्माणमा संलग्न पक्षलाई आग्रह गरे। 

सो अवसरमा राजदूत श्रीवास्तवले  प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, महाकाली करीडोर सडक योजनाका ईन्जिनियर दिपकबहादुर विष्टलगायतबाट पुल निर्माणबारे जानकारी लिएका थिए। 

कार्यक्रममा भारतको पिथौरागढ जिल्लाका उप जिल्ला अधिकारी मन्जित सिंह तथा त्यहाँस्थित सुरक्षाअधिकारीहरुको समेत उपस्थिति थियो। 

पुल निर्माणको काम भारतीय निर्माण कम्पनी ‘पि एण्ड आर ईन्फ्राप्रोजेक्ट लिमिटेड पन्जा’ले गरिरहेको छ। 

एक सय १० मिटर लामो उक्त पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ। पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भेगलाई भारतसँग जोड्न दार्चुलामा बन्न लागेको यो पहिलो मोटरेवल पुल हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .