समाज


थामिएन वर्षा, सजग रहन आग्रह

थामिएन वर्षा, सजग रहन आग्रह

नेपालखबर
असार ३, २०७८ बिहिबार ०:१८,

केही दिनदेखि देशभरजसो जारी वर्षा थामिने छाँटकाँट देखिएको छैन।

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ६ बजे जनाएअनुसार अहिले पनि प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षासमेत हुने सम्भावना छ।

यस्तै राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ भने सुदूरपश्चिम, बागमती र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

अझै केही दिन वर्षा जारी रहने भएकाले बाढी, पहिरो, डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यस वर्ष मनसुन निकै शक्तिशाली भएकाले भित्रिनासाथ देशभर व्यापक वर्षा भइरहेको छ भने बाढी तथा पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधन क्षतिसमेत गराइसकेको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भूभागमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि वर्षाको सम्भावना यस्तो छ :
असार ४ गते शुक्रबार
दिउँसो : देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असार ५ गते शनिबार
दिउँसो : देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

राति : देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .