समाज


विमानस्थल अध्यागमनले फर्कायो कोरिया जान खोज्ने २९ जना, नक्कली साञ्जेन भिसाबाहक पक्राउ

विमानस्थल अध्यागमनले फर्कायो कोरिया जान खोज्ने २९ जना, नक्कली साञ्जेन भिसाबाहक पक्राउ

नेपालखबर
साउन ८, २०७६ बुधबार १:२३,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा मानव तस्करको सेटिङ उत्कर्षमा पुगेको चर्चा भइरहँदा मंगलबार राति नक्कली साञ्जेन भिसामा स्विट्जरल्यान्ड उड्न खोज्ने एक जना पक्राउ परेका छन्। उनलाई अध्यागमनले हिरासतमा लिएको छ।

विमानस्थल अध्यागमनले युरोपेली मुलुकको साञ्जेन भिषा नक्कली भनेर पहिचान गरेको यो दुर्लभ घटना हो। साञ्जेन भिषाबाट युरोपेली संघका २८ वटा देशमा यात्रा गर्न पाइन्छ। संघ सदस्य राष्ट्रका काठमाडौंस्थित दूतावास तथा भिषा जारी गर्ने कार्यालयहरुले त्यस्तो साञ्जेन भिषा जारी गर्दछन्।

‘विमानस्थल अध्यागमनले नक्कली साञ्जेन भिषामा स्विटजरल्यान्ड जान भनेर हिँडेका एक जना युवालाई नियन्त्रणमा लिएको छ’, अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले नेपालखबरसँग भने, ‘उनलाई हिरासतमा लिएर अनुसन्धान गर्ने काम भइरहेको छ। हाम्रो अनुसन्धान पूरा भएपछि प्रहरीलाई जिम्मा लगाउने छौं।’ उनका अनुसार मंगलबार नै नक्कली राहदानी बोकेका एक जना स्पेनी नागरिक पनि पक्राउ परेका छन्।

कोरिया उड्न खोज्रे २९ फिर्काइए

दक्षिण कोरिया जान लागेका २९ नेपालीलाई विमानस्थल अध्यागमनले ‘अफलोड’ गरेको छ। अध्यामगन सेटिङबाट विदेश गएका नेपालीहरु दिनदिनै अलपत्र परेको, मारिएको विषय मंगलबार गृहमन्त्री रामबहादुर थापाको पत्रकार सम्मेलनको मुख्य विषय बनेकै दिन अध्यागमनले नेपाली युवालाइ कोरिया उड्न रोकेकेो हो। 

मंगलबार ७:४४ बजे कोरियन एयरको उडान नं. केई ६९६ बाट सोल जान लागेका २९ जनाको कागजपत्र नपुगेको भन्दै अध्यागमनले फर्काइदिएको हो। अध्यागमन अधिकृतलाई उनीहरुले तालिमका लागि कोरिया जान लागेको बताएका थिए। ‘सेटिङमा जान चाहनेलाई अध्यागमनले अफलोड गर्दैन। उनीहरु सेटिङबाहिरबाट जान खोजेकाले पक्राउ परेका हुन्’, विमानस्थल अध्यागमन स्रोतले नेपालखबरसँग भन्यो।

गृहमन्त्री र सचिवले अध्यागमन सेटिंग भत्काउन प्रयास गरिरहेको बताइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा सेटिंग संस्थागत हुँदै गएको छ। अध्यागमन सेटिङ मिलाएर मानव तस्करले १० नेपालीलाई लिबिया पुर्याएको घटना केही समयअघि सार्वजनिक भएको थियो। एक नेपालीको लिबियामै मृत्यु भएको थियो। जोखिमयुक्त र सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा अध्यागमन सेटिंग मिलाएर नेपालीहरू जाने र अलपत्र पर्ने गरेका घटना बढ्दै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .