ad ad

समाज


मालपोत कार्यालय टीकापुरका दुई कर्मचारीविरुद्ध २४ करोडको भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय टीकापुरका दुई कर्मचारीविरुद्ध २४ करोडको भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ ६, २०८१ आइतबार १६:३३, काठमाडौँ

मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नायब सुब्बा अग्निबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो २४ करोड ६ लाख ६९ हजार रुपैयाँ कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५ बिगाह जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको उनीहरुविरुद्ध आरोप छ।

साविकमा फिल्डबुकमा जंगल जनिइसकेको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा उक्त जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिहरुसमेतलाई कारबाही गर्न उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाईली र नायब सुब्बा शाहीले साविक नारायणपुर गाविस वडा नं ८ को फिल्डबुकमा वि.सं. २०२१ सालमा जंगल जनिइसकेको कित्ता नं. १३९ बाट कित्ताकाट भई जंगल नै कायम रहेको कित्ता नं. ३५१ को क्षेत्रफल २७–१४–१७ ज.बिगाह सरकारी सार्वजनिक जग्गामध्येबाट कित्ताकाट गरेको पाइएको थियो।

सो जग्गा स्रेस्ता पूर्जा कायम गराउने उद्देश्यका साथ फिल्ड प्रतिवेदन तथा कित्ताकाटको लागि नापी कार्यालय, टीकापुरलाई पत्राचार गरी नापी कार्यालय टीकापुरबाट उक्त कित्ता नं. ३५१ को क्षेत्रफल २७–१४–१७ ज.बि.बाट कित्ताकाट गरीरगराई कायम कित्ता नं. ९०८ को क्षेत्रफल १५–०–० ज.बि. जग्गा व्यक्तिको नाममा जग्गाधनी स्रेस्ता पूर्जा बनाउन निर्णयार्थ टिप्पणी उठान गरी सदर,निर्णय गरी हकभोगको जग्गा भन्ने बनाई गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको अख्तियारको ठहर छ।

पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरु कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको अख्तियारले जनाएको छ।

साथै, उनीहरु उपर बिगो अशुल गरी बिगो बमोजिम जरिवाना र कैद सजाय तथा साविकमा जंगलको नाममा रहेको उक्त जग्गा समेत जंगलकै नाउँमा यथावत कायम गर्ने गरी निजहरुको भोग हटाउनेसमेत आदेश हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .