समाज


मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर घाइते

मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर घाइते

नेपालखबर
भदौ ३०, २०८२ सोमबार ११:१९, सप्तरी

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का किशोर घाइते भएका छन्।

सुरुङ्गा नगरपालिका- ५ स्थित जिनिस अस्पताल नजिकै आइतबार साँझ मधेश प्रदेश-०१-००५-प ५५११ नम्बरको भएको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय अनिलकुमार चौधरीको मृत्यु भएको हो। 

पूर्वपश्चिम राजमार्ग हुँदै कुशहाबाट कदमाहातर्फ आउँदै गरेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा सुरुङ्गा नगरपालिका- ९ परमानपुर निवासी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई जिनिस अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

मोटरसाइकलको पछाडि सवार सुरुङ्गा- ७ चकदह टोलका १८ वर्षीय राधेश्याम चौधरी घाइते भएका छन्। उनको पनि जिनिस अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad