समाज


तीव्र गतिले अनियन्त्रित भएको बस पल्टिँदा ड्युटीमा रहेका शसस्त्र प्रहरी निरीक्षकको मृत्यु

बसका चालकसहित ३ जना पक्राउ
तीव्र गतिले अनियन्त्रित भएको बस पल्टिँदा ड्युटीमा रहेका शसस्त्र प्रहरी निरीक्षकको मृत्यु

सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधर र दुर्घटनामा परेकाे बस।


नेपालखबर
पुस १७, २०८१ बुधबार ८:१, सर्लाही

सर्लाहीमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। 

मंगलबार राति बलरा नगरपालिका-९ छतौनास्ठित बोर्डर आउट पोष्ट (बीओपी) अगाडि ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो। 

गएराति करिब नाै बजे बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बस पल्टिएर तुलाधरलाई थिच्दा उनको मृत्यु भएको हो। बस पल्टिएर सशस्त्र प्रहरीको क्याम्प अगाडि तुलाधरमाथि बजारिँदा घटना भएकाे हाे।

बसले थिचेर गम्भीर घाइते भएका उनलाई डाेजरकाे सहायताले त्यहाँबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए। 

प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ४२ वर्षीय तुलाधरको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

मृतक तुलाधारको स्थायी वासस्थान काठमाडौँ महानगरपालिकामा रहेकाे सर्लाहीका सञ्चारकर्मी राधेश्याम कुशवाहाले जानकारी दिए। तुलाधरको शवलाई आजै काठमाडौँ पुर्‍याउने तयारी छ। 

ड्युटी सकेर क्याम्प फर्किने तयारीमा रहेको बेला इन्सपेक्टर तुलाधारलाई क्याम्प अगाडि नै बसले किचेको सोही क्याम्पमा कार्यरत सशस्त्र  प्रहरी जवान प्रिन्स शर्माले जानकारी दिए। 

बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad