अपरिचित समूहले बारामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ।
महागढीमाई नगरपालिका-१ मा धारिलो हतियार प्रहार गरेर स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए। बाटो हिँड्ने बटुवाले गम्भीर घाइते अवस्थामा यादवलाई देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए।
यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए।
यादवको हत्याबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रवक्ता सापकोटाले बताए।
471
Shares

प्रतिक्रिया