ad ad

समाज


सर्लाहीमा जिप दुर्घटना हुँदा नापी प्रमुखसहित १० जना घाइते, केहीको अवस्था गम्भीर

सर्लाहीमा जिप दुर्घटना हुँदा नापी प्रमुखसहित १० जना घाइते, केहीको अवस्था गम्भीर

नेपालखबर
माघ २३, २०८० मंगलबार ५:३९, सर्लाही

सर्लाहीमा भारतीय नम्बर प्लेटको जिप दुर्घटना हुँदा नापी कार्यालय सर्लाहीका प्रमुखसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बीआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन्। मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ जिप दुर्घटनामा परेको हो।

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँंग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन्। 

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .