समाज


बरहथवा घटना : जयशंकरमाथि गोली चलाउने प्रहरी हवल्दार जिल्ला तानिए

बरहथवा घटना : जयशंकरमाथि गोली चलाउने प्रहरी हवल्दार जिल्ला तानिए

जयशंकर साह


नेपालखबर
पुस २२, २०८० आइतबार ११:३६, सर्लाही

गएको शुक्रबार सर्लाहीको बरहथवामा एक जनाको मृत्यु र अर्का एक घाइते हुनेगरी गोली चलाएको आरोपमा प्रहरीले एक हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई छानविनका लागि जिल्लामा तानिएको सर्लाहीका प्रहरी प्रमुख एसपी  प्रवीण धितालले जानकारी दिए। 

‘आन्दोलनरत पक्षले यादवले नै बरहथवामा गोली चलाएको दाबी गरेपछि उनलाई जिल्ला तानेर घटनाको छानबिन अघि बढाएका छौँ,’ एसपी धितालले नेपालखबरसँग भने, ‘त्यहाँ सम्बन्धित निकायको आदेशविनै गोली किन चल्यो, हामी अनुसन्धान गरिरहेका छौँ।’

बरहथवा–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहत लैजाने कि नलैजाने भन्ने विषयमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय २७ वर्षीय युवक जयशंकर साहको मृत्यु भएको थियो। 

सर्लाहीका सीडीओ र प्रहरी अधिकारीहरुले भने आन्दोलनकारीले प्रहरीको हतियार खोस्ने क्रममा आफैँ बन्दुक पड्केर साहलाई लागेको दाबी गर्दै आएका छन्। 

शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ। 

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन मानेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .