समाज


नेपालगन्जमा २ मोटरसाइकल ठोकिँदा २३ वर्षीय युवकको मृत्यु

रुपन्देहीमा पनि ट्रकले स्कुटरलाई ठक्कर दिँदा ७२ वर्षीय वृद्धको ज्यान गयो
नेपालगन्जमा २ मोटरसाइकल ठोकिँदा २३ वर्षीय युवकको मृत्यु

नेपालखबर
माघ २१, २०८१ सोमबार ७:५२, काठमाडौँ

रुपन्देही र बाँकेमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

रुपन्देहीको बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बुटवलको कालिकानगर बस्ने ७२ वर्षीय धनबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

आइतबार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पुनको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी बाँकेको नेपालगन्जमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। 

नेपालगन्ज उपमहानगरपालिका –११ मा भे १० प ४३४१ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुर्घटनामा परेर भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दियाको राजापुर नगरपालिका –१० का २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नर्सिङहोम नेपालगन्जमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिएर फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad