समाज


बाँकेमा ट्याक्टर पल्टिँदा ३४ वर्षीय युवकको मृत्यु

बाँकेमा ट्याक्टर पल्टिँदा ३४ वर्षीय युवकको मृत्यु

नेपालखबर
पुस २९, २०८१ सोमबार ७:४९, बाँके

बाँकेमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। आइतबार जानकी गाउँपालिका ३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा ३४ वर्षीय युवकको मृत्यु भएको हो। 

दुर्घटनामा ट्याक्टर चालक पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

दुर्घटनामा नेपालगन्ज –१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो। अन्सारीले ट्याक्टरमा मजदुरी गर्दै आएका थिए। 

दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। उनी पनि घाइते रहेका प्रहरीले जनाएको छ । 

नेपालगन्जबाट करमोहनातर्फ जाँदै गरेको  भे १ त ९८२६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad