समाज


मोटरसाइकल र स्कुटर ठोकिँदा दुर्घटना: घाइते बालकको पनि मृत्यु

मोटरसाइकल र स्कुटर ठोकिँदा दुर्घटना: घाइते बालकको पनि मृत्यु

नेपालखबर
असार २६, २०८२ बिहिबार ६:५४, विराटनगर

झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा बुधबार दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो पौने चार बजे भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोकिएका हुन्। 

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै सवारी चालकलाई तत्कालै प्रदेशिक अस्पताल, भद्रपुर पुर्याइएको थियो। तर, उपचारको क्रममा दुवैको त्यतिबेले मृत्यु भएको थियो। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्कुटर चालक कचनकवल गाउँपालिका–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजबंशी र मोटरसाइकल चालक भारतको किशनगञ्ज जिल्ला, डिगलबैंक निवासी २५ वर्षीय सुरज टुडुको त्यतिबेलै मृत्यु भएको थियो। 

टुडुको पहिचान दाजु लखिन्दर टुडुले अस्पतालमा आएर गरेका हुन्।

दुर्घटनामा स्कुटरमा सवार श्रीप्रसादका बुहारी २७ वर्षीया उर्मिला राजबंशी र नाति ३ वर्षीय आयुष राजबंशी गम्भीर घाइते भएका थिए। उनीहरूलाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। 

बालक आयुषको गएराति  उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उर्मिलाको बीएण्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad