समाज


इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु

इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु

नेपालखबर
पुस २, २०८१ मंगलबार १३:३९, इलाम

इलाममा आज ट्रकले च्यापिए चालकको मृत्यु भएको छ। 

माङ्सेबुङ गाउँपालिका- ३ सल्लेरीमा बुधबार बिहान ट्रकले च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका- ७ भारापा निवासी ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।  

सडकमा बिग्रिएपछि बनाउने क्रममा काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रकले च्यापिँदा तामाङको मृत्यु भएको हो।  

चक्काको नटबोल्ट भाँचिएपछि जगले उठाएर ट्रक मर्मत गरिरहँदा  जग भासिएर च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad