समाज


ठेकेदारको लापरबाहीले तीन वर्षमा पनि बनेन अस्पताल भवन

ठेकेदारको लापरबाहीले तीन वर्षमा पनि बनेन अस्पताल भवन

नेपालखबर
पुस १५, २०८० आइतबार ५:१९, खोटाङ

खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ।

दुई वर्षअघि नै बनिसक्नुपर्ने अस्पताल भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो।

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन। उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका  प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए।

अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको प्रमुख कर्णले जानकारी दिए।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad