समाज


सामुदायिक विद्यालयमा आगलागी, घटना संकास्पद

सामुदायिक विद्यालयमा आगलागी, घटना संकास्पद

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार ५:४९, हुम्ला

हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ। 

अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा गएराति आठ बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले–दुईकोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो।

कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए। 

कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफासेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीनवटा मादल, हार्मोनियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुईवटा प्रिन्टर, अत्यावश्यक कागजातलगायत सामग्री नष्ट भएको छ। 

आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागी भएको समयमा कार्यालय कोठाको ढोकाको ताल्चासमेत नलगाई ह्यान्डिल मात्र लागेकाले घटना संकास्पद रहेको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए। 

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad