ad ad

समाज


जाजरकोटमा अरिंगालले टोक्दा ४२ वर्षीय पुरुषको मृत्यु

जाजरकोटमा अरिंगालले टोक्दा ४२ वर्षीय पुरुषको मृत्यु

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १२:४४, जाजरकोट

जाजरकोटमा अरिंगालले टोक्दा एक पुरुषको मृत्यु भएको छ। 

बारेकोट गाउँपालिका–५ पाखागाँउ घर भएका ४२ वर्षीय पृथ्वी विक्रम शाहीको अरिंगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको बेला अरिंगालले टोक्दा शाही गम्भीर घाइते भएका थिए।

शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्वास्थ्य चौकी लिम्सा जाजरकोट पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागिनगर अस्पताल दल्ली लगिएको थियो। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दल्ली अस्पतालका चिकित्सकले शनिबार शाहीलाई मृत घोषणा गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .