समाज


पहिराको जोखिम बढेपछि रातको समयमा बेनी-जोमसोम सडक बन्द

पहिराको जोखिम बढेपछि रातको समयमा बेनी-जोमसोम सडक बन्द

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८२ मंगलबार ९:१९, काठमाडौँ

बेनी-जोमसोम-कोरला सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने भएको छ। 

जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले आजदेखि लागू हुने गरी हरेक दिन साँझ ६ देखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। 

यो सडक खण्ड अर्को सूचना जारी नहुदाँसम्म बन्द रहने स्थानीय प्रशासनले जनाएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले रातको समयमा बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिम देखिएकाले सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए। 

बेनी जोमसोम सडक खण्ड ७६ किलोमिटर लामो छ। 

मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीर, म्याग्दीसँग सिमाना जोडिएको काभ्रेभीर क्षेत्रमा सामान्य पानी पर्दा समेत सडकमाथिबाट ठूलाे सुख्खा पहिरो खस्ने गरेको छ।

आजदेखि मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र मुस्ताङको सिमानामा पुगिसक्नुपर्ने छ भने मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै सीमा पार गर्नुपर्ने स्थानीय प्रशासनले जनाएकाे छ। 

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडकमा एक दर्जनभन्दा धेरै पहिरा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad