पोखरामा बस दुर्घटना भएको छ। पोखरा महानगरपालिका-२२ स्थित विश्व शान्ति स्तूपनजिकै बुधबार दिउँसो ग १ ख ३८८६ नम्बरको नगरबस दुर्घटना भएको हो।
बसमा २६ जना सवार रहेको र २२ जना घाइते भएको प्रहरीको भनाइ छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदैछ। स्थानीय राजु क्षेत्रीले उद्धार कार्य जारी रहेको बताए। बस दुर्घटनाको कारण भने खुलेको छैन।
927
Shares

प्रतिक्रिया