समाज


लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु, चालक पक्राउ

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु, चालक पक्राउ

नेपालखबर
मंसिर २४, २०८१ सोमबार ११:१३, लमजुङ

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

मर्स्याङ्दी गाउँपालिका-६ ठूलोबेँसीस्थित भित्रि सडकमा ग १ त ६५ ट्याक्टर दुर्घटना हुँदा म्याग्दीकै दुधपोखरी गाउँपालिका-२ भुम्लिचोक घर भएका २५ वर्षीय मेगराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

लामा ट्याक्टरको सहचालक हुन्।  

सदरमुकाम बेँसीसहरबाट विवाहको सामान बोकेर लमजुङकै ताराचोकतर्फ जाँदै गरेको ग १ त ६१४१ नम्बरको ट्याक्टर सोमबार बिहान अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो।  

दुर्घटनापछि ट्याक्टर चालक धादिङको बेनिघाट गाउँपालिका-६ का २८ वर्षीय गणेशमान चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad