ad ad

समाज


साढे दुई करोड बढी ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक दुबईबाट पक्राउ

साढे दुई करोड बढी ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक दुबईबाट पक्राउ

नेपालखबर
पुस २, २०८० सोमबार १४:३९, काठमाडौँ

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ८३ जना व्यक्तिबाट दुई करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

सर्लाही जिल्लाको साविक जानकीनगर गाविस ७ स्थायी ठेगाना भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ घर भएका ४१ वर्षीय कोमलराज उपाध्याय पक्राउ परेका हुन्।

उपाध्याय संयुक्त अरब इमिरेट्सको खालिद विन अल वालिद रोड अल राफ्फा, दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज प्रालिका सञ्चालक रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उपाध्ययाले श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरुलाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुने रोजगारीको प्रलोभन देखाई विभिन्न माध्यमबाट २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ संकलन गरेका थिए।

उनले पीडितहरूलाई भिजिट भिसामा दुवई बोलाएर रोजगारीमा लगाउन नसकी ठगी गरेको आरोेप लागेको छ।

उपाध्यायविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी गरिएको थियो।

उनलाई नेपाल प्रहरी र इन्टरपोलको समन्वयमा मंसीर २९ गते नेपाल झिकाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .