गत भदौ २३ र २४ को जेनजी प्रदर्शनको मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरु धमाधम कारागार फर्किन थालेका छन्।
कारागारबाट भागेमध्ये धेरैजसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन्भने कतिपय आफै कारागार फर्केका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २२३ कैदीबन्दी कारागार फर्किएका छन्। भीमफेदी कारागारबाट भागेकामध्ये सुरक्षाकर्मीले १३० जना कैदीबन्दीलाई नियन्त्रण लिई कारागारमा पठाएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए।
भागेकामध्ये ३६ जना कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन्।
कारागारको तीन गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४१ कैदीबन्दी फरार भएका थिए।
फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीहरुले विभिन्न स्थानबाट कैदीबन्दीहरुलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए। फरार रहेका २७७ कैदीबन्दी खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको भनाइ छ। रासस
Shares

प्रतिक्रिया