चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको अवसरमा सरकारले आइतबार देशैभरी सार्वजनिक बिदा दिएको छ।
शनिबार नेपाल भ्रमणमा आएका सी आइतबार दिउँसो चीन फर्कंदैछन्।
मन्त्रिपरिषदको गत बिहीबारको बैठकले गृह मन्त्रालयले राखेको बिदाको प्रस्ताव परित गर्दै आइतबार विदा दिने निर्णय गरेको थियो।
सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
यस अघि गएको २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो।

प्रतिक्रिया