समाज


नेपालमा पनि मनाइँदै अल्जाइमर्स दिवस, कस्तो रोग हो अल्जाइमर्स?

नेपालमा पनि मनाइँदै अल्जाइमर्स दिवस, कस्तो रोग हो अल्जाइमर्स?

नेपालखबर
असोज ४, २०७६ शनिबार ४:४१,

आज विश्व अल्जाइमर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

चिकित्सकका अनुसार अल्जाइमर्स भनेको बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो।

स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो छ।

अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई बिर्सने रोग अर्थात ‘डिमेन्सिया’ हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। २०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुने उसको अनुमान छ।

बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो। अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने डाक्टरले बताएका छन्। सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पुर्‍याउने गर्छ।

बिर्सने रोग भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने चिकित्सक बताउँछन्।

सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .