जिप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ।
सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जिप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए।
घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ। मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न नसकेको बताइएको छ। रासस
प्रतिक्रिया