समाज


सत्ताधारी दलले नै जलायो गुठी र मिडिया विधेयक

सत्ताधारी दलले नै जलायो गुठी र मिडिया विधेयक

नेपालखबर
असार १, २०७६ आइतबार १५:२४,

सत्ता साझेदार समाजवादी पार्टी नेपाल कास्कीले आइतवार पोखरामा संघीय लोक सेवा आयोगको भर्ना विज्ञापन, गुठी विधेयक र मिडिया काउन्सिल विधयेक जलाएको छ।

पार्टीका नेता उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधान एवं स्वास्थ्यमन्त्री छन्। नयाँ शक्तिसँग मिलेपछि पछिल्लो समय उनले सरकार छाड्ने घुर्की देखाउँदै आएका छन्। घुर्कीकै बीच पार्टीको कास्की शाखा सरकारबिरुद्ध सडकमा आएको ह।

संघीय लोक सेवा आयोग विधेयकले प्रदेशको अधिकार खोसेको,स्थानीय तहको कर्मचारी विज्ञापन असंवैधानिक र असमावेशी भएको र सरकारले ल्याएको गुठी संशोधन विधयेकले मौलिक संस्कृति, सम्पदा लुट्न खोजेको तथा मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता हनन गर्ने जिकिरसहित ती विधेयक जलाइएको हो।

पोखराको महेन्द्रपुल चोकमा आयोजित विरोध कार्यक्रममा प्रदेशको अधिकार खोस्न पाइदैन, असंवैधानिक असमावेशी विज्ञापन रद्ध गर, सँस्कृति सम्पदा मास्न पाइदैन, जनघाती गुठी विधयेक चाहिदैन, प्रेस विरोधी विधयेक फिर्ता गर लगायतका नारा लगाउँदे संघीय समाजवादी पार्टीका कार्यकर्ताले विधेयक जलाएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुमबहादुर गुरुङले देश लुट्न र अधिकार खोस्न उद्धत सरकारका गलत रबैयाका विरुद्ध सत्ता साझेदार भए पनि आफुहरु सडकमा उत्रिएको बताए।

यसअघि शुक्रवार कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजवादी पार्टी कास्कीले ज्ञापनपत्र पठाएको थियो भने गण्डकी प्रदेश सकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि ज्ञापन पत्र बुझाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .