समाज


लगनखेलका नापी सर्वेक्षक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

लगनखेलका नापी सर्वेक्षक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार १, २०७६ आइतबार १३:३९,

नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

यादवसँगै सोही कार्यालयका सहयोगी राजन विष्टविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

यादवले जग्गा नापजाँच गर्ने काममा आलटाल गरी रेखाङ्कन गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ। घुस लिने कार्यमा कार्यालय सहयोगी विष्टले उनलाई सघाउ गरेका थिए।

अभियुक्त यादव र विष्टलाई बिगो ३० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .