बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला शुरु भएको छ।
बुधबार ललितपुरमा जम्मा भएका सातै प्रदेशका एक सय जना भन्दा बढी बेचबिखन प्रभावित महिलाहरुले राष्ट्रिय संजाल पनि गठन गर्ने छन्। एक कार्यक्रममका बीच महिला वालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राष्ट्रिय सम्मेलनको उद्घाटन गरिन्।
शक्ति समूह आयोजक र एट्वीन सन्जाल सहआयोजक भएर आयोजना गरिएको भेलामा विभिन्न समयमा बेचबिखनमा परेका महिलाहरु सहभागी छन्। सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले मानव बेचबिखनको कलंकबाट मुक्त हुन सरकार सबैसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताइन्।
संसदको राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ र महिला समिति सभापति निरु पालले पनि बेचबिखन प्रभावितहरुको पुनस्र्थापना तथा स्वदेश फिर्तीका लागि संसदबाट कानुन बनाउनु परेमा आफूहरुले पहल गर्ने बताए। यस्तै कार्यक्रममा बेचबिखन विरुद्धका अभियन्ता डा रेणु अधिकारी, भगवती नेपाल लगायतले बेचबिखन प्रभावित महिलाको स्वदेश फिर्ती र पुनस्र्थापनामा अझै कानुन बलियो नभएकोतर्फ ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया