ad ad

समाज


नेपालखबरको सम्पादकमा बिनु सुवेदी

नेपालखबरको सम्पादकमा बिनु सुवेदी

नेपालखबर
असार १७, २०७८ बिहिबार ८:१५,

नेपालखबर डटकमको सम्पादकमा पत्रकार बिनु सुवेदी नियुक्त भएकी छन्। नेपाल खबर प्रालिले सुवेदीलाई आज बिहीबारबाट सम्पादकमा नियुक्ति गरेको हो।

नेपालको मूलधारको सञ्चार माध्यममा सुवेदी पहिलो महिला सम्पादक हुन्।

नवनियुक्त सम्पादक सुवेदीले आजै नेपालखबरको थापाथलीस्थित समाचार कक्षमा अबको समय डिजिटल भएको बताउँदै बहुआयामिकता समेट्दै अघि बढ्ने बताइन्।

सुवेदीले १५ वर्षअघि नेपाल एफएमबाट पत्रकारिता सुरु गरेकी थिइन्। सुवेदीसँग उज्यालो नेटवर्क, सामुदायिक सूचना नेटवर्क (सीआईएन), सेतोपाटी अनलाइनमा काम गरेको अनुभव छ।

पछिल्लो समय सुवेदी कान्तिपुर दैनिकको राजनीतिक ब्युरोमा कार्यरत थिइन्। सुवेदीसँग राजनीतिक, भूराजनीतिक र सामाजिक विषयमा १५ वर्ष रिपोर्टिङ गरेको अनुभव छ।

म्याग्दी घर भएकी सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्।

सो अवसरमा करिब डेढ वर्षदेखि नेपालखबरको कार्यकारी सम्पादक रहेका थिरलाल भुसाललाई बिदाइ गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .