समाज


पहिरोले पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध

पहिरोले पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध

नेपालखबर
असार १५, २०७८ मंगलबार ८:४४,

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ।

पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो।

उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ। सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए। उक्त स्थानमा विगत देखि नै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरुद्ध हुने गरेको छ।

सडक अवरुद्ध बनेपछि विभिन्न मालबहाक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ। कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन्।

सडक अवरुद्ध हुँदा साविक धौवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारीसाधन पनि गन्तब्यमा पुग्न सकेका छैनन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad