उदयपुर जिल्ला अदालतले ६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक व्यक्तिलाई १६ वर्ष जेल सजायको फैसला सुनाएको छ।
पीडित बालिकालाई पीडकबाट २५ रुपैयाँ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।
उदयपुर जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यका अनुसार न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुरकाे त्रियुगा नगरपालिका-६ लालपताका ४५ वर्षीय रामबहादुर विकले ६ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हाे।
आफ्नो छिमेकीका छ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ २०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।
3
Shares

प्रतिक्रिया