सुनसरी कोशी गाउँपालिका ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायस गाडीले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार विहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।
सो दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाइकलपछाडि सवार मोरङ विराटनगर ९ का ४५ बर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीइ अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ बर्षीय विवस तामाङ र हायसको सहचालक सोही स्थान ११ का २५ वर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भइरहेको छ।
दुर्घटना भएका तीनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया