ad ad

समाज


भारतको काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा

भारतको काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा

नेपालखबर
असार ६, २०७८ आइतबार ११:३,

राजधानी श्रीनगरमा रहेको स्टेशनसहित काश्मिर क्षेत्रका छ हजार २१ स्टेशनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरुका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो।

रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरेका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .