समाज


उपत्यकामा लगातार घट्दै संक्रमित, आज ७६४ जनामा पुष्टि

उपत्यकामा लगातार घट्दै संक्रमित, आज ७६४ जनामा पुष्टि

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १२:३६,

गएको २४ घण्टामा काठमाडौंमा उपत्यकामा ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको हो।

केही दिन यता काठमाडौं उपत्यकामा लगातार संक्रमण घट्दै गइरहेको तथ्यांकले देखाएको छ।

हिजो काठमाडौं उपत्यकामा ९१५ संक्रमित थपिएका थिए जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसको एक दिनअघि मंगलबार उपत्यकामा १ हजार २२६ संक्रमित थपिएका थिए।

यस्तै, आज देशभर ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन्। ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हिजो ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ५ हजार ७६८ जना संक्रमणमुक्त भएका थिए। कोरोनाका कारण हिजो ८१ जनाको निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .