चितवनको कालिका नगरपालिकामा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका-९ सुनखानीमा गए राति आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकल मङ्गलबार राति सबा बजे सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा इच्छाकामना गाउँपालिका-२ बस्ने ६० वर्षीया हस्तमाया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। मगरको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन्। घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतक र घाइते आमा छोरा रहेका थापाले बताए। रासस
Shares

प्रतिक्रिया