एचआईभी संक्रमित महिलाको शरीरमा २१६ दिनको अवधिमा कोरोना भाइरस ३२ रुपमा देखिएको मेडरसिभमा प्रकाशित अनुसन्धनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
कोरोना र एचआईभीबाट पीडित ती महिलाको नाम भने खुलाइएको छैन।
अनुसन्धानअनुसार ती महिलाको शरीरमा १३ वटा रुपले महिलाको प्रतिरक्षा प्रणालीलाई असर गरेको थियो, यस्तै १९ वटा रुपले भने भाइरसको व्यवहारमा परिवर्तन ल्याउथ्यो।
लस एन्जलस टाइम्सका अनुसार उनमा देखिएको त्यो रुप परिवर्तन गर्ने कोरोना भाइरस अन्यमा सर्यो कि सरेन भनेर केही खुलाइएको छ।
दक्षिण अफ्रिकी शरह दर्बानस्थित युनिभर्सिटी अफ क्वाजुलु–नतालका आनुवांशिक गुण सम्बन्धी विज्ञ तुलियो दि ओलिभेराका अनुसार यदी यस्तो घटना फेरि भेटिएमा एचआईभी भाइरसकै कारण कोरोना भाइरस थप बलियो भएको हुनसक्छ।
उनका अनुसार एचआईभी भाइरस मानिसमा धेरै समयसम्म रहिरहन्छ। एचआईभीले मानिसको प्रतिरक्षा प्रणाली कमजोर बनाउने हुनाले भाइरसले उनको शरीरुमा धेरै रुप लिएको अनुमान गरिएको छ।
३ सय एचआईभी संक्रमित मानिसमा अध्ययन हुँदा ती ३६ वर्षकी महिलामा कोरोनाले रुप फेरबदल गरेको पाइएको हो।
एचआईभी संक्रमित मानिसमा कोरोना भाइरसको असर र उनीहरुका शरीरले कोरोनासँग कसरी लड्छ भनेर अध्ययन गरिएको थियो।
सो क्रममा अन्य चार जना एचआईभी संक्रमितमा पनि कोरोना देखिएको थियो। उनीहरुको शरीरमा एक महिनाभन्दा बढी कोरोना भाइरस देखिएको थियो। एससीएमपी
Shares

प्रतिक्रिया