समाज


चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयः अब एक जोडीले ३ सन्तान जन्माउन सक्छन्

चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयः अब एक जोडीले ३ सन्तान जन्माउन सक्छन्

नेपालखबर
जेठ १७, २०७८ सोमबार ७:४२,

सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले त्यहाँ एक जोडीले ३ सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो।

चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको हालैको जनगणनाले देखाएको थियो।

साथै त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहको लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको थियो।

यो नीतिले जनसंख्या बढ्ने र चिनियाँ जनसंख्याको ढाँचामा सुधार आउने चीन सरकारको अनुमान छ।

यसअघि चीनमा एक सन्तानको नीति थियो। जसकाकारण चीनको जनसंख्यामा भारी कमी आएको थियो।

तर सन् २०१६ यता चीनमा एक जोडीले २ वटा सन्तान जन्माउन पाउने नियम बनाइएको थियो। जनसंख्यामा सुस्त वृद्धि देखिएपछि फेरि ३ सन्तानको नीति लागू भएको हो। एससीएमपी

यो पनिः चीनको जनसंख्या वृद्धिदर निकै सुस्त र चिन्ताजनक, विज्ञ भन्छन्ः बच्चा पाउन प्रोत्साहित गर्नुपर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad