ad ad

समाज


उज्जल थापाका परिवार भन्छन्: दुर्गा प्रसाईंको सहयोग आवश्यक छैन

उज्जल थापाका परिवार भन्छन्: दुर्गा प्रसाईंको सहयोग आवश्यक छैन

नेपालखबर
जेठ १५, २०७८ शनिबार ७:४,

उज्जल थापाको परिवारले व्यवसायी दुर्गा प्रसाईंको सहयोग आवश्यक नभएको बताएका छन् ।

झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टरका कार्यकारी निर्देशक प्रसाईंले शनिबारमात्रै थापाको उपचार खर्च बेहोर्ने जनाएका थिए।

थापा हाल मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ। स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उहाँलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षमा भर्ना गरिएको छ।

उनको उपचारका लागि आर्थिक सहयोग अभियानसमेत शुरुआत गरिएको थियो। मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसेवी थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्तिमार्फत जानकारी दिएको छ।

'सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,' थापाको परिवार तथा साथीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

थापाको अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उपचार भैरहेको विज्ञप्तिमा जनाइएको छ। चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा आर्थिक सहयोग जुटाइन लागेको हो। 

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .