मोरङको बूढीगंगा गाउँपालिका ३ गोकुवा चोकस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय बाल कुमार बस्नेत छन्।
सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिई घाइते भएका बस्नेतको विराट मेडिकल कलेज गंगा चेकमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो।
सो दुर्घटनामा मोटरसाइकल चालक सुनसरी इटहरी ७ का २५ वर्षीय समराज्य चौधरी समेत घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया