समाज


अस्ट्रेलियाका प्रधानमन्त्री मरिसन भन्छन्ः तत्काल अन्तर्राष्ट्रिय सीमा खोल्दैनौं

अस्ट्रेलियाका प्रधानमन्त्री मरिसन भन्छन्ः तत्काल अन्तर्राष्ट्रिय सीमा खोल्दैनौं

नेपालखबर
जेठ ३, २०७८ सोमबार ९:०,

राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड–१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे।

अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ।

प्रधानमन्त्री मरिसनले सोमबार संवाददाताहरुसँग भने,“अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन। एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन। यसरी हुँदैन।”

उनले भने, “खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन।”

प्रधानमन्त्री मरिसनले अर्को कदमका रुपमा सबै अस्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने स्पष्ट पारे। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .