ad ad

समाज


बागलुङमा ट्याक्सी दुर्घटना : पतिको मृत्यु, पत्नी घाइते, चालकले पनि ज्यान गुमाए

बागलुङमा ट्याक्सी दुर्घटना : पतिको मृत्यु, पत्नी घाइते, चालकले पनि ज्यान गुमाए

नेपालखबर
बैशाख २९, २०७८ बुधबार २:५७,

बागलुङको ढोरपाटन नगरपालिका–५ मा मंगलबार राति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते भएका छन्।

बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी गएराति ८ बजे ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए। दुर्घटनाको कारण भने खुलेको छैन।

दुर्घटनामा ३८ वर्षीय रतिकला विक घाइते भएकी छन्। उनी मृतक जोकबहादुरकी पत्नी हुन्। बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि उनलाई राति नै काठमाडौं ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .