समाज


काठमाडौंमा रेमिट्यान्सकी कर्मचारीमाथी चक्कु प्रहार गरी लुटपाट, एक पक्राउ

काठमाडौंमा रेमिट्यान्सकी कर्मचारीमाथी चक्कु प्रहार गरी लुटपाट, एक पक्राउ

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १३:२९,

काठमाडौंमा रेमिट्यान्स सञ्चालक युवतीमाथि चक्कु पहार गरी लुटपाट भएको छ।

बूढानीलकण्ठ नगरपालिका १० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट्यान्स सञ्चालन गरी बस्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ। रेमिटमा रहेको १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

लुटपाट अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष बिष्टलाई प्रहरीले पक्राउ गरेको छ। सन्तोषले ती युवतीलाई चक्कु प्रहार गरी घाईते बनाएर रेमिटबाट नगद लुटपाट गरेको प्रहरीले जनाएको छ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .