ad ad

समाज


निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुग्यो (समय-तालिकासहित)

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुग्यो (समय-तालिकासहित)

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १:५०,

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको छ।

गृह मन्त्रालयले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार थप ९ जिल्लामा निषेधाज्ञा घोषणा गरिएको हो।

मन्त्रालयका अनुसार कपिलवस्तु र नुवाकोटमा आज बिहान ४ बजेदेखि तथा धुनषा र बागलुङमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भइसकेको छ। यस्तै आजै राति १२ बजेदेखि दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा लागू हुने मन्त्रालयले जनाएको छ।

यसैगरी भोलि २२ गते बिहान ५ बजेदेखि बाजुरामा निषेधाज्ञा लागू हुने मन्त्रालयको विवरणमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .